अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख २३ गते।
आईपीएलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको राजस्थानको टोली १७.५ ओभरमा ११८ रनमा अलआउट भयो। गुजरातले १३.५ ओभरमा मात्र एक विकेट गुमाएर ११८ रनको लक्ष्य पुरा गरेको थियो ।
लगातार विकेट गुमाएपछि राजस्थानको टोलीले ठूलो स्कोर बनाउन सकेन । टोलीले सिजनको सबैभन्दा सानो स्कोरमा सीमित बन्यो । राजस्थानका लागि सञ्जु सैमसन (३० रन) मात्रै केही समय टिक्न सके । रसिद खानले ३ विकेट लिए भने नूर अहमदले २ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको गुजरातका लागि ओपनर वृदिमान साहाले ४१, कप्तान हार्दिक पाण्डेयले ३९ र शुभमन गिलले ३६ रन बनाए । राजस्थानका लागि युजभेन्द्र चहलले एक मात्र विकेट लिए ।