गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख २१ गते।

गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएका छन् ।

प्रदेश सभाको बिहीबारको बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्रीले गरेको प्रस्ताव बहुमतले पारित भएको हो।

मुख्यमन्त्री पाण्डे वैशाख १४ गते नियुक्त भएका थिए । उनले वैशाख १५ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार बिहीबार मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *