आजको मौसम कस्तो रहला ?

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ १२ गते।

हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *