अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,जेठ ११ गते।
लखनउ सुपर जायन्ट्सलाई हराउँदै मुम्बई ईन्डियन्स आइपीएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
लखनउ भने उपाधि होडबाट बाहिरिएको छ । अब मुम्बईले प्रतियोगिताको दोस्रो क्यालिफायरमा गुजरात टाइटन्सको सामना गर्नेछ ।
उक्त खेलमा विजयी हुने टोलीले चेन्नई सुपर किङ्ससँग उपाधिका लागि भिडन्त गर्नेछ ।