जनकपुरधामको संकटमोचन विद्यालय अनिश्चितकालका लागि बन्द

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,जेठ १७ गते।

जनकपुरधामको संकटमोचन विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

सो विद्यालयको निम्न माध्यमिक तहको कम्प्युटर शिक्षक अखिलेश झालाई एक समूहले योजनाबद्ध रुपमा विद्यालयमा प्रवेश गरेर कुटपिट गरेकोमा दोषीहरूलाई पक्राउ गरेर कारबाही नगरेसम्म विद्यालयको पठन पाठन ठप्प रहने विद्यालयले जनाएको छ ।

विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिको बसेको बैठकबाट दोषीलाई पक्राउ गरेर कारबाही नगरेसम्म विद्यालयको पठन पाठन ठप्प रहने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *