अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ १७ गते।
अत्यधिक गर्मी बढेपछी इटहरी उपमहानगरका बिद्यालयहरुमा दुई दिन बिदा दिने निर्णय गरिएको छ ।

गर्मी अत्यधिक बढिरहेकाले मौसम प्रतिकूल रहेका कारण विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको अवस्थालाई मध्यनगर गर्दै बिदा दिने निर्णय गरिएको इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुबेदीले जानकारी दिए ।
अहिले सञ्चालन भैरहेका परिक्षा सञ्चालनमा कुनै असर नपर्ने गरी बिहिबार र शुक्रबार बिद्यालयको पठन पाठन बन्द गर्न उपमहानगरले सबै बिद्यालयहरुलाई आग्रह गरेको सुबेदीले बताए ।