अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ २९ गते।
प्यूठानको स्वर्गद्वारी मन्दिरमा दर्शन गरी फर्किने क्रममा कार दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् ।
लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो ।
गाडीमा २ महिला, २ पुरुष र ४ बालबालिका सवार रहेको बताइएको छ ।
अहिले दुर्घटनामा परेकालाई उद्धार गरेर उपचारका लागि अस्पताल लैजाने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।