जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९० रूपैयाँ बजेट ल्यायो

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,असार ८ गते।

आगामी आर्थिक वर्षका लागि जनकपुरधाम उपमहानगरपालिकाले २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९० बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

उपप्रमुख किशोरी साहले शुक्रबार नगरसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तुत गरेको बजेट अनुसार आर्थिक विकास समितिलाई ६ करोड ७९ लाख ७५ हजार, सामाजिक विकास समितिलाई ६१ करोड २८ लाख ४३ हजार ५ सय, पूर्वाधार विकास ९० करोड ९८ लाख ८८ हजार २९०, वन, वातावरण तथा विपद व्यवस्थापनलाई ६ करोड २ लाख ८७ हजार ५ सय, सुशासन तथा संस्थागत विकास समितिलाई ५७ करोड ६३ लाख ७५ हजार बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

उपमहानगरपालिकाले फोहोरमैला संकलन गर्न डस्टविन व्यवस्थापन गर्न २० लाख, लामखुट्टे नियन्त्रणको नियन्त्रणबारे अध्ययन गर्न १० लाख र त्यसलाई कार्यान्वयन गर्न २ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिएको हो ।

नगरपालिकाको गाडी पार्किंग स्थल तथा ग्यारेजका लागि १ करोड ५० लाख, नगर सौन्दर्यीकरण योजना तथा फोहोरमैला प्रसोधन केन्द्र निर्माणका लागि २ करोड ५० लाख, रामजानकी अन्तराष्ट्रिय रंग्शालाको थप निर्माणका लागि २० लाख रकम विनियोजन गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *