अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ११ गते।
आज प्रतिनिधिसभा बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।
आजको बैठकमा पनि मन्त्रालयगत बजेटमाथिको छलफल जारी रहने छ । रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिंचाई, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेट विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफल हुनेछ ।