अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ११ गते।
काठमाडौंको भोटेबहालमा आज बिहान साढे ८ बजे इनारमा डुबेर दुई युवकको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा झापाका ३६ वर्षीय दिपने लिम्बू र सिन्धुलीका २२ वर्षीय जितेश गुरूङ रहेका छन्।
एसएसपी रिजालका अनुसार उनीहरू नजिकैको घरमा रङ लगाउन पुगेका थिए। पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि मोटर निकाल्न दिपेन पहिला इनारमा गएका थिए।
दिपेन डुबेपछि उनलाई बचाउन जाँदा जितेशको पनि डुबेर मृत्यु भएको एसएसपीले जानकारी दिए।
एसएसपी रिजालका अनुसार अहिले एकजनाको शव इनारबाट निकालि सकिएको छ भने अर्को शव निकाल्ने प्रयास भइरहेको छ।