अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,असार ११ गते।
सिरहामा खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्डको हत्या भएको छ ।
मिर्चैया नगरपालिका-८ घर भई सुरक्षा गार्डको रूपमा कार्यरत अन्दाजी ५० वर्षीय किशोरी राय कुर्मीको हत्या भएको हो ।
घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा कार्यालय परिसरमै आज बिहान उनको शव फेला परेको छ । राति हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।