अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ११ गते।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
करिब ५८ ग्राम पहेँलो धातुको ब्रासलेटसहित ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
दोहाबाट काठमाडौं आएका सिराजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा प्रहरीले जाँच गरेको थियो। जाँच गर्ने क्रममा उक्त ब्रासलेट बरामद भएपछि प्रहरीले भारतीय नागरिक सिराजलाई पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।