अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २२ गते।
आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि वि.सं. २०६२ भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।
वि.सं. २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा बिहान प्रभातफेरी हुँदैछ भने यही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदै छ।