कामना सेवा बिकास बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, कार्तिक २१  गते।

बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गरेको  शुभ अवसरमा आफ्ना सम्पुर्ण क्षेत्रिय कार्यालयहरुमा रक्तदान कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।

जस अन्तर्गत मधेश प्रदेशको बर्दिबास शाखामा भएको रक्तदानमा ३० युनिट रगत संकलन गरेको छ । रक्तदान गर्ने दाता हरुलाई कामना सेवा विकास बैंकको मधेश प्रदेश प्रमुख दिमस अमात्य द्वारा प्रमाण पत्र बितरण गरिएको थियो।

कामना सेवा बैंक १७ औं वर्षमा प्रवेश, रक्तदान सहित सप्ताहव्यापी विभिन्न कार्यक्रम गर्दै

देश भरका  कामना सेवा विकास बैंकको केन्द्रीय कार्यालय तथा सहित शाखा कार्यालयमा  कुल ४१७ युनिट रगत संकलन  भएको जनाएको छ।

बैंकले गत शुक्रवार देखी विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । आगामी विहिवार सम्म बैंकले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।

2 thoughts on “कामना सेवा बिकास बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न”

Leave a Reply

Your email address will not be published. Required fields are marked *