अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर २२ गते।
एसीसी यू—१९ एसिया कप क्रिकेटमा नेपालले आज पाकिस्तानको सामना गर्दै छ ।
खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे दुबईको आईसीसी ओभल क्रिकेट मैदानमा सुरु हुनेछ । आजै अर्को खेलमा अफगानिस्तानले भारतीय टोलीको सामना गर्दैछ ।
पुस १ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् भने युएई, जापान, श्रीलङ्का र बङ्गलादेश समूह ‘बी’मा छन् ।