राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस २० गते।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक हुँदैछ ।

निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ ।

सार्वजनिक मतदाता नामावली उपर दाबी विरोधलगायत कार्य आजैदेखि सुरु हुनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ  माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *