अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,पुस २० गते।
भगवान राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधाम जानकी मन्दिरबाट भार रामनगरी अयोध्या पठाइएको छ ।
करिब १५ सयभन्दा बढी भार अयोध्या पठाइएको छ। भारसँगै यहाँ उद्याेगी–व्यापारीले तथा नागरिकले सुनचाँदीका गरगहनासमेत पठाएका छन्।
चाँदीको धनुष वाण, सीताको पादुका, वस्त्र, आभूषण, फर्निचर, भाँडावर्तन, मिठाई, फलफूलसहितका परिकार पठाइएको हो ।
राम मन्दिरको प्राण प्रतिष्ठा जनवरी २२ तारिखमा हुनेछ । जानकी मन्दिरका सहायक महन्त दासले यहाँबाट प्रास्थान गरेपछि आज रातिसम्म अयोध्या पुग्ने र ६ तारिखको विहान कोसेली राम मन्दिर ट्रस्टलाई हस्तान्तरण गर्ने जानकारी दिए ।