सशस्त्र प्रहरी बलमा ठूलो संख्यामा नयाँ भर्ना खुल्यो, कुन पदमा कति ?

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस २० गते। 

सशस्त्र प्रहरीमा विभिन्न पदमा २८८ जनाका लागि नयाँ भर्ना खुलेको छ ।

आज एक सूचना जारी गर्दै सशस्त्र प्रहरी बलले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो। 

सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक पदका लागि पुस २० गतेदेखि माघ २१ गतेसम्म दरखास्त फारम बुझाउन सकिने छ । दोब्बर दस्तुर तिरेर माघ २२ गतेदेखि २८ गतेसम्म फारम बुझाउन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *