सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी सडकखण्ड अवरुद्ध

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, फागुन १२ गते।

सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी सडकखण्ड अवरुद्ध भएको छ ।

बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो ।

बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकै बेला गए राति पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको छ ।

सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *