अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,फागुन २३ गते।
१५ दिने मिथिला मध्यमा परिक्रमाको पडावस्थलहरुमा दुई दिन माछामासु विक्री वितरण गर्न रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषामा आज बसेको सुरक्षा निकायसहितको बैठकले परिक्रमा अन्तर्गत धनुषाको पडाव स्थलहरूमा दुई दिन माछामासु, मदिरा विक्रीवितरण निषेध गर्ने निर्णय गरेको हो ।
परिक्रमामा डिजे बाजामा धार्मिक गीत बाहेक बजाउन नपाउने लागयतको आठ बुँदे निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको हो ।
विश्वकै ठूलो पद यात्रा अगामी फागुन २७ गतेदेखि धनुषाको मिथिला बिहारी नगरपालिका कचुरिबाट सुरु हुने तयारी छ ।