मिथिला माध्यमिकी परिक्रमा आज चौथो दिन मटिहानी पुग्ने

अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,फागुन ३० गते।

मिथिला माध्यमिकी परिक्रमा आज चौथो दिन मटिहानी पुग्ने छ

यस अघि डोलासहित परिक्रमाका यात्रीहरु मंगलवार भारत बिहारको गिरिजास्थानको फुलहरमा रात्रि विश्राम गरेका छन् ।

धनुषाको कचुरीको मठबाट मिथिला बिहारीजीको डोला र जनकपुरको रत्नसागर स्थित मठबाट रामजानकीको डोलालाई विधिवत रूपमा निकाली १५ दिने मिथिला माध्यमिकी परिक्रमा आईतबारबाट प्रारम्भ भएको थियो ।

भोली जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, सतोषर, औरही, बिशौल हुँदै पुनः कल्ना पुगी १५ औं दिनमा परिक्रमा टोली जनकपुर आउनेछन् । त्यसपछि जनकपुरमा अन्तगृह परिक्रमासँगै परिक्रमा समापन हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *