अनलाईन न्युजपाटी ,जनकपुरधाम ,समाचारदाता,चैत ८ गते।
मिथिला मध्यमा परिक्रमा आज औरही पुग्ने भएका छन् ।
यस अघि बुधबार परिक्रमाका यात्रीहरुले सतोषरमा विश्राम गरेका थिए ।
परिक्रमा यात्रा पहिलो दिन फुलहर ,दोस्रो दिन महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कंचनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर हुँदै बिहीबार औरही पुगेको छ ।
यात्रीहरु बिहीबार औरही बाट भारतको करुणा, विसौल र कल्याणेश्वर हुँदै फागु पूर्णिमाको पूर्व सन्ध्यामा पुनः जनकपुरधाम फर्केर अन्तर गृह परिक्रमा गरी विधिवत् रुपमा सम्पन्न हुने छ ।