आज – ०८ चैत्र २०८० बिहिवार को राशिफल

अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय ,समाचारदाता,चैत ८ गते।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)#Aries

मेष राशि भएकाहरूका आज पनि स्वास्थ्य राम्रो रहनेछ, पारिवारिक सहयोग राम्रो पाउन सकिनेछ, गर्न खोजेका सबै काम सजिलैसंग सम्पन्न गरिनेछ, लाभका स्रोतहरू फेला पर्नेछन्, नयाँ कार्यक्रमको शुरुवात हुन सक्नेछ, समग्रमा समय राम्रो रहेको छ, भरपूर उपयोग गर्नुहोला

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)#Taurus

वृष राशि भएकाहरूका लागि आज चिन्तापर्ने समाचार सुन्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न, आफ्नै छोराछोरीले धोका दिन सक्नेछन्, गरेका प्रयासहरू व्यर्थ हुनेछन्, पेट रोग वा कुनै न कुनै रोगले दु:ख दिन सक्ने योग छ । खानामा सतर्कता अपनाउनु राम्रो हुनेछ, विशेषगरी पूर्व दिशाको यात्रामा ध्यान पुर्याउनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)#Gemini

आज मिथुन राशि भएकाहरूका लागि आज स्वास्थ्य मजवूद रहनेछ, टाढाबाट धन प्राप्ति हुनेछ, यश कीर्ति बढ्ने, आरोग्यता, प्रशन्नता, शत्रूमा आफ्नो जीत हुनेछ, सबै प्रकारको काममा सफलता मिल्न सक्नेछ, आफन्तको आगमनले घरमा नयाँ चहलपहल हुनेछ, समयको उचित सदुपयोग गरी कार्य गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)#Cancer

आज कर्कट राशिका लागि एक्कासी धन लाभका अवसर मिल्न सक्नेछन्, मानसम्मान प्राप्त हुन सक्नेछ, जमिन लाभ, आफन्तसँग भेट हुने मौका, जताबाट पनि हर्ष र खुशीका खबर पाइनेछ, समय अत्यन्तै शुभ रहेको छ सदुपयोग गर्नसके सर्वाधिक फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)#Leo

आज सिंह राशि भएकाहरूको लागि स्वास्थ्य ठीकठाक रहने छैन, यात्रामा विघ्नबाधा आइलाग्नेछ, खानामा गडबडी हुन सक्नेछ, कम्मर दुख्ने, शूल रोगले सताउन सक्नेछ, व्यवसायमा आर्थिक मन्दी आउनेछ, आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु अत्यन्त आवश्यक रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)#Virgo

कन्या राशि भएकाहरूका लागि आज स्वास्थ्य भरपर्दो रहने छैन, खानपिनमा ध्यान पु¥याउनु होला, सोचेजतिका सबै काम गर्न नसके पनि आंसिक पूरा हुनेछन्, आफ्नै कर्मचारीबाट विरोध आउन सक्नेछ, आफूमाथि अपरिचित व्यक्तिले आक्रमण गर्न सक्नेछन्, सावधान रहनु अत्यन्त जरुरी छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)#Libra

तुला राशि भएकाहरूका लागि आज पनि दिन शुभ छ, कसैसँग पैसा फिर्ता लिनुछ भने माग्न गएमा पाइने छ, सोचेका काममा सफलता पाउँदा मानसिक शान्ति तथा आराम मिल्नेछ, परिवारका सदस्यको सहयोग राम्रै पाइनेछ, आज जे काम गर्न बाँकी छन् गराई हाल्नुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)#Scorpio

वृश्चिक राशि भएकाहरूका लागि आज पनि दिन खराब छ, आफन्त इष्टमित्र नै बिघ्नबाधा पार्नेवाला भेटिनेछन्, मानसिक चञ्चलता, गर्न खोजेका काममा सर्वत्र विघ्नबाधा मात्रै देखा पर्नेछन्, सोचेका काममा उल्टा–उल्टा परिणाम आउने अवस्था छ, शरीर जोगाई सतर्क रहँदै दिन बिताउनु होला

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)#Sagittarius

धनु राशिका लागि आज पनि दिन अत्यन्तै शुभ छ, एक्कासी आम्दानी बढ्ने काम भेटिने छ, जे पेशामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ, जलखेती किन्न मन भए आजै किन्नु होला, पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक नै रहनेछ, आज जे–जे काममा हात हाल्नु हुन्छ, परिणाम राम्रै पाइनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)#Capricorn

मकर राशि भएकाहरूका लागि आज पनि समय त्यति राम्रो छैन, खाने कुरामा गडबडी, कुनै व्यक्तिसँग विवाद पर्ने, जताबाट पनि चित्त दुख्ने समाचार सुनाउने छन् । घरमा आगलागी, चोरीको विशेष खतराका दिन रहनेछ, व्यर्थको तनावले स्वास्थ्यमा असर समेत पार्ने देखिन्छ, सचेत रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)#Aquarius

कुम्भ राशिका लागि आज पनि समय शुभ छ, लाभका अवसर हात पर्ने योग छ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ, बिरामी हुनुहुन्छ भने आजबाट स्वास्थ्यमा सुधार आउनेछ, उठ्नुपर्ने रकम उठ्नेछ, यश, प्रतिष्ठा बढ्ने कार्यमा सहभागी हुन पाइनेछ, घर परिवारमा विशेष परिवर्तन आउनेछ, विवादित मुद्दामा आफ्नो जीत हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)#Pisces

मीन राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ, स्वास्थ्यको हिसावले राम्रै छ, सोचेको केही काम अधुरा रहने छन्, गर्न खोजेका काममा ढिलासुस्ती समेत हुनेछ, शिरमा चोट लाग्न सक्छ, कुनै महिलासँगको विवादमा झगडा पर्ने सम्भावना बलियो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *