अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत २३ गते।
आइपिएल (IPL) मा पञ्जाब किंग्सले(PBKS) गुजरात टाइटन्सलाई (GT) ३ विकेटले पराजित गरेको छ।
गुजरातले दिएको २०० रनको लक्ष्य पञ्जाबले १ बल बाँकी छँदै ७ विकेट गुमाएर पार गर्यो।
पञ्जाबका लागि शशांक सिंहले अविजित ६१ रन बनाए। उनले १९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।
कप्तान तथा ओपनर शिखर धवन २ बल खेलेर बोल्ड हुन पुगेका थिए। उनको विकेटपछि आएका प्रबशिमरन सिंहले २४ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३५ रन बनाए।
त्यसअघि गुजरातका कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ८९ रनमा अविजित इनिङ खेले पनि जित्नलाई पर्याप्त हुन सकेन ।
साई सुदर्शन २१ बलमा ६ चौकासहित ३३, राहुल टेवाटिया २३ र ऋद्धिमान शाह ११ रनमा आउट भए । पन्जाबका कागिसो रबाडाले २, हरप्रीत ब्रार र हर्षल पटेलले १–१ विकेट लिए ।
अंक तालिकामा पञ्जाब पाँचौँ र गुजरात छैटौँ स्थानमा रहेका छन् ।