आईपीएलमा(IPL) मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत ३० गते।

आईपीएलमा(IPL) मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले पराजित गरेको हो ।

बेंगलुरुले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो । जवाफमा मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाउँदै ७ विकेटको जित दर्ता गर्न सफल भयो ।

मुम्बईका ईशान किशनले ३४ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रन बनाए ।

सूर्यकुमार यादवले १९ बलमा ५ चौका र ४ छक्कासहित ५२ रनको आक्रामक क्रिकेट खेल्दै पुनरागमन गरे । रोहित शर्मा २४ बलमा ३ चौका र ३ छक्कासहित ३८, हार्दिक पान्ड्या २१ र तिलक बर्मा १६ रन बनाए । बेंगलोरका आकाश दीप, विजयकुमार वैश्यक र विल ज्याक्सले १/१ विकेट लिए ।

बेंगलोरका कप्तान फाफ डु प्लेसिसले ४० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाएका थिए ।

रजत पाटिदार २६ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा आउट भए । दिनेश कार्तिकले २३ बलमा चौका र ४ छक्कासहित ५३ रनमा नट आउट रहे । विराट कोहली ३, विल ज्याक्स ८ र ग्लेन म्याक्सवेल शून्यमा आउट भए।

मुम्बई ५ खेलमा २ मा जित र ३ मा हारसहित सातौं स्थानमा छ । बेंगलोर ६ खेलमा १ मा जितसहित नवौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *