अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, चैत ३० गते।
एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो दिन आज नेपालले मलेसियासँग खेल्दैछ । आजै अर्को खेल कतार र हङङबिच हुनेछ ।
प्रिमियर कपको दोस्रो संस्करणमा १० टोलीको सहभागिता रहेको छ ।
प्रिमियर कपको पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो ।
नेपाली टोली भारतमा स्थानीय क्लबहरूसँग त्रिकोणात्मक शृङ्खला खेलेर उतैबाट ओमान प्रस्थान गरेको हो । भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरीय क्लब गुजरात र बरोडासँग त्रिकोणात्मक टी–२० शृङ्खला खेलेको थियो । शृङ्खलाको उपाधि पनि नेपालले नै जितेको थियो ।