अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय ,समाचारदाता,कात्तिक ४ गते।
करवा चौठ किन मनाईन्छ ?
कात्तिक महिनाको कृष्ण पक्ष चतुर्थीको दिन करवा चौथ मनाइन्छ। बिहान सूर्योदयभन्दा पहिले करिब ४ बजेपछि सुरु हुने व्रत राति चन्द्रमाको दर्शनपछि समाप्त हुन्छ। अधिकांश महिलाले निराहार बसी यो व्रत गर्ने गरेका छन्।
करवा चौठ कहिले सम्म मनाईन्छ ?
श्रीमानको दीर्घायु एवं अखण्ड सौभाग्य प्राप्तिका लागि भालचन्द्र गणेशको पूजा गरिन्छ। यो व्रत १२ वर्ष वा १६ वर्षसम्म गरिन्छ। कतिपय महिलाहरुले आजीवन पनि यो व्रत गर्ने गरेका छन्।
करवा चौथमा छलनी (चाल्नो) को महत्व निकै छ। बिना छलनीको यो व्रत पूरा हुँदैन। करवा चौथ गर्ने महिलाले छलनीमा दियो बाली चन्द्रमालाई हेरेपछि आफ्नो श्रीमानलाई हेर्ने गर्छिन्।
करवा चौठ पर्वको धार्मिक महत्व ?
धार्मिक मान्यता अनुसार चन्द्रमालाई भगवान ब्रह्माको प्रतिक मानिन्छ। चन्द्रमालाई प्रेमको प्रतिक पनि मानिन्छ। र, चन्द्रमाको आयु लामो हुन्छ। त्यसकारण छलनीले चन्द्रमालाई हेरेपछि महिलाहरुले आफ्नो श्रीमानलाई छलनी हेर्छिन्, ताकि पतिको पनि लामो आयु होस्। पहिले विवाहित महिलाहरुले मात्र गर्ने यो व्रत पछिल्लो समय अविवाहितहरुले पनि गर्न थालेका छन्।