आज – ०४ कार्तिक २०८१ आइतवार को राशिफल

अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय ,समाचारदाता,कात्तिक ४ गते।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)#Aries

मेष राशि भएकाहरूका आज समय शुभ छ। पराक्रम र प्रसिद्धि बढाउने समय छ। त्यसैले सानातिना कुरामा अलमलिएर समय खेर नफाल्नु होला। बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको प्राप्त हुने योग छ। सामाजिक कार्यमा सहभागी बन्नु होला। दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)#Taurus

वृष राशि भएकाहरूका लागि आज समय शुभ छ। व्यापार व्यवसाय राम्रो हुनेछ। आर्थिक लगानी बढाउन अनुकूल छ। नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ। कारोबारमा सुधार आउने योग छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)#Gemini

आज मिथुन राशि भएकाहरूका लागि समय  शुभ छ। दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्। आफन्त र मित्रहरूसँग भेटघाट तथा रमाइलो गरिने छ। घरपरिवारमा राम्रो छ। व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)#Cancer

आज कर्कट राशि भएकाहरूका लागि समय त्यति राम्रो छैन। तपाईंको राशिमा चन्द्रमाले साँझपखबाट प्रवेश गर्ने भएकाले उत्साह र उमङ्ग बढ्नेछ। तर, आज दिउँसोको समयमा भने धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ। नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ। व्यापार व्यवसायबाट फाइदा मिल्ने छैन। परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ।

सिह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)#Leo

आज सिंह राशि भएकाहरूका लागि आज समय शुभ छ। पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ। मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ। देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला। नोकरी गर्नेले मानसम्मान पाउने छन्। प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)#Virgo

कन्या राशि भएकाहरूका लागि आज समय  शुभ छ। काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ। नवीन रोजगारीको सम्भावना छ। प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ। धैर्यधारण गरी परिश्रम गर्ने दिन हो। मातापिता र अभिभावक वर्गको स्वास्थ्यमा सुधार आउने छ। कर्मचारीले हाकिमबाट महत्त्वपूर्ण कुरा फुत्काउन सक्छन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)#Libra

तुला राशि भएकाहरूका लागि आज समय  शुभ छ। दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ। पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ। ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। व्यापार फस्टाउने छ। आम्दानीमा कमी हुने छैन। सानो प्रयासले रोकिएको काम बन्नेछ। पारमार्थिक काममा खट्नु पर्ने समय छ। धार्मिक/सामाजिक क्षेत्रमा समय दिन सकिन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)#Scorpio

वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन। कडा परिश्रम व्यर्थै खेर जान सक्छ। सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ। कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ। बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ। दिउँसोबाट निराशाको अन्त्य हुनसक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)#Sagittarius

धनु राशिका लागि आज समय  शुभ छ। घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ। मेजमानीको अनुकूलता प्राप्त हुनेछ। दाम्पत्य सम्बन्ध सुखद रहनेछ। प्रेमको बन्धनमा बाँधिने बेला छ। परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ। स्वास्थ्यस्थितमा अनुकूलता आउनेछ। काम गर्न जाँगर चल्नेछ, उत्साहवद्र्धक समय छ, आम्दानी बढ्न सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गी)#Capricorn

मकर राशि भएकाहरूका लागि समय  शुभ छ। शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ। मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ। आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ। यात्रा लाभप्रद बन्न सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)#Aquarius

कुम्भ राशिका लागि आज समय  शुभ छ। ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ। मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन्। छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ। बन्दव्यापारबाट लाभ मिल्नेछ। इष्टमित्रले प्रशंसा गर्नेछन्। माया/प्रेमको वातावरण बन्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)#Pisces

मीन राशि भएकाहरूका लागि आज समय खराब रहनेछ। घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनु पर्ने छ। आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाँडका विषयमा केन्द्रित हुने दिन छ। घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ। दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *