अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार ११ गते
नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार पाँच रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ।
मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय ६० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला दुई हजार एक सय ४० किनबेच भइरहेको छ।