अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, भदौ २७ गते
रौतहट जिल्ला प्रशासन कार्यालय द्वारा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरिएको छ।
आज बिहान प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सूचना जारी गर्दै बिहान ६:०० बजेदेखि साँझ ७:०० बजेसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिए ।
उनका अनुसार साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । अत्यावश्यक आवतजावतका लागि आज साँझ ५:०० बजेदेखि ७:०० बजेसम्मको समय तोकिएको छ ।