अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, भदौ २७ गते
काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यूको समय फेरी बढाएको छ।
नेपाली सेनाले पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको भन्दै उपत्यकाका तीन जिल्लामा सेनाले शुक्रबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा तथा शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्फ्युको समय बढाइएको जानकारी दिएको हो।
साथै सेनाले निषेधाज्ञा तथा कर्फ्यूको दौरान समेत अत्यावश्यक सेवाका (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दुध, तरकारी, पानी र औषधी ओसारपसार गर्ने) सवारी साधनहरु सञ्चालन गर्न सकिने जनाएको छ।