अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, भदौ २८ गते
मिथिलाञ्चलमा आजदेखि जितिया पर्व सुरु भएको छ।
नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ मिथिलाञ्चल क्षेत्रमा ‘नहा खा’ (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो।
व्रत बस्नुअघि आजको दिन व्रतालु महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्छन्।
यो पर्वको अवसरमा व्रतका दिन महिलाहरूलाई मधेस प्रदेश सरकारले बिदा दिँदै आएको छ ।