आज – ०७ पौष २०८२ सोमवार को राशिफल

अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, पौष ७ गते

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)#Aries:

आज तपाईंको आत्मविश्वास बलियो हुनेछ। अधुरा कामहरू पूरा गर्ने राम्रो समय छ। पारिवारिक वातावरण रमाइलो रहन सक्छ। आर्थिक रूपमा सहयोग मिल्ने सम्भावना छ। स्वास्थ्य सामान्य रहनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)#Taurus :

आज नयाँ योजनाहरू सफलतापूर्वक लागू गर्न सकिने दिन हो। नेतृत्को गुण प्रकट हुनेछ। कामबाट प्रशंसा प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। स्वास्थ्य राम्रो रहन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)#Gemini:

नयाँ अवसरहरू प्राप्त हुने दिन हो। पढाइ वा करिअरमा राम्रो प्रगति हुने सम्भावना छ। मान–सम्मान बढ्ने संकेत छ। साथीहरूसँग घुमफिरको योग बन्न सक्छ। स्वास्थ्य ऊर्जा पूर्ण हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)#Cancer :

घरायसी जिम्मेवारी बढ्न सक्छ। मनमा अलि चिन्ता भए पनि काम सफलतापूर्वक अघि बढ्नेछ। आर्थिक पक्षमा सुधार देखिन्छ। परिवारका सदस्यसँग समय बिताउँदा आनन्द मिल्नेछ। स्वास्थ्य सामान्य रहन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)#Leo :             

काममा ध्यान केन्द्रित गर्न कठिनाई हुन सक्छ। खर्च अचानक बढ्न सक्छ, सतर्क रहनुहोस्। पारिवारिक कुरामा समय दिनु राम्रो हुन्छ। साथीहरूबाट सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा हल्का समस्या देखिन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)#Virgo :

आज निर्णय गर्दा अलि धैर्य अपनाउनुपर्नेछ। खर्च नियन्त्रणमा राख्नु उत्तम हुन्छ। पारिवारिक सहयोग मिल्नेछ। मानसिक तनाव घट्ने छ। स्वास्थ्यमा सुधार हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)#Libra :

समय व्यवस्थापन सही गर्न सके राम्रो उपलब्धि मिल्नेछ। व्यापार–व्यवसायमा लाभको संकेत छ। घर–परिवारमा खुसीयाली बढ्नेछ। साथीहरूबाट उत्साहजनक समाचार आउन सक्छ। स्वास्थ्यमा ताजगी महसूस हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)#Scorpio:

आज महत्वपूर्ण काममा सफलता मिल्नेछ। कमाएको धन सही ठाउँमा खर्च हुनेछ। परिवारका सदस्यले प्रोत्साहन दिनेछन्। मनमा उत्साह बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)#Sagittarius :

नयाँ सिकाइ वा प्रशिक्षणका अवसर मिल्न सक्छन्। काममा ध्यान दिनुपर्ने समय छ। घरभित्र सानो विवाद हुन सक्छ, धैर्य अपनाउनुहोस्। आर्थिक स्थिति स्थिर हुनेछ। स्वास्थ्य सामान्य छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)#Capricorn :

आज कठिन परिश्रमको मनोकामना पूरा हुन सक्छ। पद–प्रतिष्ठामा वृद्धि हुने संकेत छ। परिवारमा सहयोग र समझदारी मिल्नेछ। आर्थिक लाभको योग छ। स्वास्थ्यमा साना समस्याले सताउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)#Aquarius:

नयाँ योजनामा हात हाल्न अनुकूल दिन छ। मान–सम्मान र प्रतिष्ठा वृद्धि हुनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। यात्राको योग बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)#Pisces :

आज मनमा सृजनशीलता बढ्नेछ। काममा सहजता आउनेछ। घर–परिवारमा रमाइलो वातावरण रहनेछ। आर्थिक लाभको सम्भावना देखिन्छ। स्वास्थ्य राम्रो रहनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *