बाक्लो हुस्सु र कुहिरोका कारण तराई मधेसको जनजीवन प्रभावित

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, पौष ७ गते

बाक्लो हुस्सु र कुहिरोका कारण तराई मधेसको जनजीवन प्रभावित बन्न थालेको छ ।

हुस्सु र कुहिरोका कारण चिसो बढेको छ । बजार तथा सडक सुनसान बन्न थालेका छन् ।

पुस लागेयता चिसो बढेको छ । घाम नलाग्ने र दिनभर चिसो हावा चल्ने क्रम बढेपछि दैनिकी नै प्रभावित बन्न थालेको हो । आज पनि तराईका क्षेत्रमा तापक्रम घट्ने तथा हुस्सु लाग्ने सम्भावना छ ।

बालबालिका, ज्येष्ठ नागरिक र विपन्न वर्गमा रुघाखोकी, श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या पनि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *