अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, पौष ९ गते
नेपाल सुनचाँदी व्यवसायही महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको भाउ ५ हजार ५ सयले वृद्धि भएको थियो ।
यस्तै आज चाँदीको भाउले पनि रेकर्ड बनाएको छ । चाँदी आज १६५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ४२० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।