महोत्तरीको जलेश्वर-बर्दिबास सडकखण्डमा मोटरसाइकल दुर्घटनामा तीनजना विद्यार्थीको जलेर मृत्यु

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,चैत्र २४ गते

महोत्तरीको जलेश्वर-बर्दिबास सडकखण्डमा मोटरसाइकल दुर्घटनामा तीनजना विद्यार्थीको जलेर मृत्यु भएको छ।

सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन्।

जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा आज विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल एकापसमा ठोक्किएका थिए । ठोक्किएसँगै दुवै मोटरसाइकलमा आगलागी हुँदा तीन जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

मृतक तथा घाइतेहरू एसईई परीक्षा दिएर फर्किरहेका विद्यार्थी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *