अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, वैशाख २२ गते
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)#Aries:
शिक्षा तथा परीक्षामा अनुकूल परिणाम प्राप्त हुनेछ। आत्मविश्वास र उत्साह बढ्ने संकेत छन्।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)#Taurus :
बोलचालमा संयमता आवश्यक छ। व्यापार तथा शैक्षिक क्षेत्रमा सुधारको संभावना प्रबल छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)#Gemini:
वैदेशिक प्रयत्नमा सफलता मिल्नेछ। तथापि, नजिकका साथीहरूबाट धोका वा निराशा पर्न सक्ने देखिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)#Cancer :
आर्थिक र धार्मिक गतिविधिमा उतारचढाव देखिन सक्छ। शिक्षा तथा राजनीतिमा विशेष ध्यान दिनु उपयुक्त हुन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)#Leo :
परिवारको सहयोग प्राप्त हुनेछ। व्यापारिक क्षेत्र लाभदायक रहनेछ। परोपकारी कार्यमा संलग्न हुँदा सामाजिक प्रतिष्ठा बढ्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)#Virgo :
सम्पत्ति आर्जनको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा तनाव सिर्जना हुन सक्छ। मानसिक खिन्नता बढ्ने सम्भावना छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)#Libra :
आर्थिक कठिनाइको सामना गर्नुपरे पनि शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। दीर्घकालीन योजनाले लाभ दिलाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)#Scorpio:
विरोधीहरूको गतिविधि बढ्न सक्छन्, तर धैर्य अपनाउँदा स्थितिलाई नियन्त्रणमा ल्याउन सकिन्छ। वैदेशिक लगानी लाभदायक रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)#Sagittarius :
प्रशंसा र सम्मान बढ्नेछ। शैक्षिक अवसरहरू विस्तार हुनेछन्। धार्मिक विषयप्रति आकर्षण बढ्ने संकेत छन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)#Capricorn :
दीर्घकालीन योजना तत्काल नबनाउनु उपयुक्त हुन्छ। ठूलो नाफाको सम्भावना कम भए पनि सामान्य कार्यहरू सहज रूपले अघि बढ्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)#Aquarius:
शिक्षा, स्वास्थ्य र श्रमसम्बन्धी क्षेत्रमा सकारात्मक परिणाम प्राप्त हुनेछ। सामाजिक तथा राजनीतिक गतिविधि सामान्य रहनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)#Pisces :
आफन्तको सहयोग प्राप्त हुनेछ। शिक्षा, स्वास्थ्य र राजनीतिक पक्ष स्थिर रहनेछन्।