अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन ३० गते
इन्डोनेसियाको समुद्री क्षेत्रमा आज बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छालसमेत रेकर्ड गरिएको इन्डोनेसियाको भूभौतिक निकाय बीएमकेजीले जनाएको छ।
भूकम्पपछि नागेकेओलगायत आसपासका क्षेत्रका सयौं मानिस सुरक्षित स्थानतर्फ भागेका थिए। केही स्थानमा भवनहरूमा क्षति पुगेको र परकम्पसमेत महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
भूकम्पपछि सुनामीको जोखिमलाई ध्यानमा राख्दै चेतावनी जारी गरिएको थियो।