अनलाईन न्युजपाटी,बैतडी,समाचारदाता, मंसिर २गते।
बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा महिलामाथि डोजर चलाउने चालक किशोर बोहरा पूर्पक्षका लागि जेल चलान भएका छन् । बैतडी जिल्ला अदालतका जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई आइतबार पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो ।त्यस्तै चालक बोहरालाई महिलामाथि डोजर चलाउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।गत कात्तिक ४ गते सडक निर्माण गर्ने क्रममा स्थानीय गौरी जोशीलाई डोजरले पेलेको थियो । लगत्तै डोजरले पेल्ने चालक किशोर बोहरालाई प्रहरीले पक्राउ गरेको थियो।