अनलाईन न्युजपाटी,बारा,समाचारदाता, मंसिर २ गते।
बाराको पचरौताबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई सोमबार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पचरौता नगरपालिका बेनौलीका २५ वर्षीय कृष्ण साह रहेका छन् ।प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीको टोलीले साहलाई पचरौता नगरपालिका-७ भवानीपुर टोलबाट पक्राउ गरेको हो ।साहको साथबाट ५ केजी गाँजा बरामद भएको र उनको बारेमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।