अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, कार्तिक २ गते।
जनकपुरधामको राजदेवी मन्दिरमा बलिप्रदानको कार्यक्रम सकिएको छ। जनकपुरधामस्थित माता राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ बोकाको बलि प्रदान गरियो।
बडादसैँको महाष्टमीका अवसरमा आइतबार राति ८ बजेर ३१ मिनेटदेखि राजदेवी मन्दिरमा बोकाबलि सुरु भएको थियो ।
राजदेवी मन्दिरमा बोका बलि दिन नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत श्रद्धालुहरू जनकपुरधाम आउने गरेका छन् । भाकल पूरा भएपछि तथा धार्मिक आस्थाका आधारमा श्रद्धालुहरूले यहाँ बोका बलि प्रदान गर्ने परम्परा छ ।
महावीर युवा कमिटीले बलि प्रदानलाई व्यवस्थित बनाउन मन्दिर परिसरमा चारवटा ठेहा अर्थात् बलि दिने स्थानको व्यवस्था गरेको थियो ।
यस वर्ष उक्त संख्या १२ वटा घटेको छ । गत वर्ष राजदेवी मन्दिरमा १४ हजार ९०३ वटा बोका बलि प्रदान गरिएको थियो ।