आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढ्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, मङ्सिर ११ गते

आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेर २ लाख ४६ हजार १०० रुपैयाँ पुगेको छ । बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ३ हजार ७५ रुपैयाँ रहेको चाँदी आज बढेर ३ हजार १९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *