अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, मंसिर ६ गते।
जनकपुरको एक निजी विद्यालयमा विद्यार्थीलाई कुटपिट गरेपछि विद्यार्थीहरुद्धारा आफ्नै विद्यालयमा तालाबन्दी गरेर विरोध प्रदर्शन गरिएको छ ।जनकपुरको विद्यापति चौकस्थित न्यू इंग्लिश बोर्डिंग स्कूलमा अध्ययन-अध्यापनमा समस्या भएको भन्दै विद्यार्थीहरुले विद्यालय सञ्चालक विरुद्ध बोल्न थालेका थिए । सोहि निहुँमा विद्यालय संचालक सदन भगतको निर्देशनमा सोही विद्यालय कक्षा ११ र १२मा अध्ययनरत विद्यार्थीहरुलाई आज विहानै कुटपिट गरेको स्वयं पीड़ित विद्यार्थीले आरोप लगाएका छन् ।विद्यालयमा कक्षा ११ मा अध्ययनरत सिद्धार्थ शर्मा, कक्षा १२ मा अध्ययनरत सोभित गोयनका र रितेश मण्डललाई कुटपिट गरेको भन्दै विद्यालयको मुख्यद्वारमा विद्यार्थीले ताल्चा लगाएका छन् । सैयों विद्यार्थीहरु प्रदर्शनमा उतरेका छन् ।कुटपिट गर्ने विद्यालयका अध्यक्ष सदनका पुत्र अतीत भगत, इंद्रेश र पारस भन्नेलाई स्थानीय प्रशासनले पुछताछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।