आगलागी हुँदा उदयपुरमा एक बालकको मृत्यु

अनलाईन न्युजपाटी,उदयपुर,समाचारदाता, मंसिर ६ गते।

आगलागी हुँदा उदयपुरमा एक बालकको मृत्यु भएको छ।  उदयपुरको त्रियुगा नगरपालिका–१६ जाल्पा चिलाउने आहाले रातापानीमा बिहिबार आगलागी हुँदा ४ वर्षीय बालक शिसिर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। बिहिबार दिउँसो करिब ३ बजेको समयमा भएको आगलागीमा चन्द्र बहादुर राई र बमबहादुर राईको घर पुर्णरुपमा जलेर नष्ट भएको छ।  प्रहरीका अनुसार घरमा कोहीपनि नभएको बेलामा आगलागी भएकोले घरमा भएको सम्पुर्ण लत्ता कपडाको साथै अन्न जलेर खरानी भएको हो।  
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *