अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, मंसिर ७ गते।
कास्की जिल्ला पोखराको पृथ्बीचोकमा शुक्रबार बिहान बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक घाइते भएका छन् । ना ५ ख ५६७१ नम्बरको बसले ग १२ प १९९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर पश्चात बसले थिचेका मोटरसाइकल र चालकलाई तत्कालै यात्रु सहितका अन्य व्यक्तिहरुले बस उठाएर उद्धार गरेका थिए । उद्धार लगत्तै उपचारका लागि गण्डकी मेडिकल कलेज तर्फ लग्दै गर्दा मोटरसाइकल चालक एकाएक सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ । उनलाई ठुलो चोट नलागेको र लाइसेन्स नभएका कारण लुकेको हुन् सक्ने बताइएको छ । प्रहरीका अनुसार मोटरसाइकललाई ठक्कर दिनासाथ बसका चालक समेत फरार भएका छन् । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।