नयाँ बानेश्वरमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मंसिर ८ गते।

नयाँ बानेश्वरमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ५०–५५ वर्षीय पुरुष रहेका छन्।  आज विहान सवा ६ बजे नयाँबानेश्वर स्थित संसद भवनको १ नम्बर गेट अगाडी नम्बर खुल्न नसकेको सवारी साधनले निलो रङको ट्रयाक लगाएका पुरुषलाई ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको र दुर्घटना पश्चात सवारी साधनसहित फरार रहेका चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत बानेश्वरले जनाएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *