इटहरीमा एकै दिन दुई जनाले झुण्डिएर गरे आत्महत्या

अनलाईन न्युजपाटी,इटहरी,समाचारदाता, मंसिर ८ गते।

सुनसरीको इटहरीमा एकै दिन दुई जनाले झुण्डिएर आत्महत्या गरेका छन । इटहरी १९ मौलियाकी २३ बर्षिय विनिता चौधरीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । पंखामा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।त्यस्तै इटहरी २० तरहराका ५० बर्षिय टंकबहादुर विष्ट तरहराको जंगलमा गएर आत्महत्या गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । उनले झुण्डिएर आत्महत्या गरेको ठाउँमा सुसाईड नोट समेत छोडेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । उनले भने लामो समय देखि मानसिक रोगी भएको कारण आत्महत्या गरेको जस्तो देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *