उदयपुरमा मोटर साइकल दुर्घटनामा त्रियुगा नगर कृषि शाखा प्रमुख सहित दुई जना घाइते

अनलाईन न्युजपाटी,उदयपुर,समाचारदाता, मंसिर ८ गते।

उदयपुरमा मोटर साइकल दुर्घटनामा त्रियुगा नगर कृषि शाखा प्रमुख सहित दुई जना घाइते भएका छन् । शनिबार साँझ ७ बजेको समयमा गाईघाट कदमहा सडक खण्डको देउरी पुल नजिक स.२ प ७०५८ नम्बरको मोटर साइकल र साइकल एक आपसमा ठोकिदा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा त्रियुगा नगरपालिका ५ देउरीका ४५ वर्षिय विनय चौधरी गम्भिर घाइते भएका छन् भने मोटर साइकल चालक त्रियुगा नगरपालिका ३ का ४८ वर्षिय नाथुराम चौधरी समेत घाइते भएको जलजले ट्राफिक प्रहरी इन्चार्ज शम्भु थापाले जानकारी दिए । उनका अनुसार मोटर साइकल देउरीबाट बगहा तर्फ जाँदै गर्दा विपरित दिशाबाट आएको साइकल यात्रुलाई ठक्कर दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *