महोत्तरीको जलेश्वरबाट अत्याधुनिक पेस्तोल र त्यसमा प्रयोग हुने गोली र म्याग्जिन बरामद

अनलाईन न्युजपाटी,महोत्तरी,समाचारदाता, मंसिर २० गते।

सशस्त्र प्रहरीले महोत्तरीको जलेश्वरबाट अत्याधुनिक पेस्तोल र त्यसमा प्रयोग हुने गोली र म्याग्जिन बरामद गरेको छ ।जलेश्वर नगरपालिका-६ स्थित सडक छेउबाट शुक्रबार विहान साढे १० बजे पेस्तोल बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक  निरकृष्ण अधिकारीले जानकारी दिए । एसपी अधिकारीका अनुसार सडक छेउको खर झाडीमा राखिएको अवस्थामा भारतको आरडनान्स कम्पनीको आरपी-१२१८२० को ७.६२ एमएमको पेस्तोल बरामद भएको हो ।पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली र एक थान म्याग्जिनसमेत बरामद भएको एसपी अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *