गाडीमुनि झोलाभित्र फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको टोली द्धारा निष्क्रिय

अनलाईन न्युजपाटी,महोत्तरी,समाचारदाता, मंसिर २३ गते।

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा चारपाङ्ग्रे गाडीमुनि झोलाभित्र फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ । डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम सोमबार बिहान निस्क्रिय गरिएको हो ।आइतबार साँझ वन कार्यालयको हाताभित्र पार्किङ गरी राखिएको बम आज बिहान साढे १० बजेतिर नेपाली सेनाको बम टोलीले निस्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।नेपाली सेनाको रणभीम गणको टोलीले चौरमा ल्याएर सो ठाउँमा खाल्डो खनेर, चारैतिरबाट बोरामा बालुवा राखी घेरेर सुरक्षितपूर्वक निस्क्रिय गरेको तथा कुनै पनि मानविय र भौतिक क्षति नभएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *